दफा २१
शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधिको मान्यता
: (१) कुनै शिक्षण संस्थाले प्रदान गरेको इन्जिनियरिङ विषयको शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधिलाई परिषद्ले मान्यता दिनेछ ।
(२) उपदफा (१) बमोजिम परिषद्ले मान्यता दिएको शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधि र त्यस्तो प्रमाणपत्र वा उपाधि प्रदान गर्ने शिक्षण संस्थाको नाम नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।